आज :

अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौँ । अखिल क्रान्तिकारीको काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न भएको छ । हालै सम्पन्न २५ औं जिल्ला सम्मेलनले गोविन्द विष्टको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सम्मेलनले विष्टको अध्यक्षमा पाँच पदाधिकारीसहित नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संगठनका उपाध्यक्ष रुद्र भट्टराई र उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले शुभकामना दिएका थिए ।

सम्मेलनको प्रमुख अतिथि समेत रहेका भट्टराईले शुभकामना दिँदै विद्यार्थीहरुको हक अधिकारको लागि लड्ने संगठन भएकोले शैक्षिक क्षेत्रका विकृति विसंगतिविरुद्धको लडाइँमा काठमाडौँले नेतृत्व गर्नुपर्ने बताए ।

त्यसैगरी उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक बिकले संगठनले शैक्षिक क्षेत्रका दलाल र माफियाका कारण शिक्षालाई गरिबका छोराछोरीको पहुँचमा पुग्न नसकेको बताए । उनले शैक्षिक माफियाहरुलाई राज्यले नै संरक्षण गरेको बताउँदै वैज्ञानिक समाजवादमा मात्रै शिक्षा जनताका छोराछोरीको पहुँच पुग्ने बताए । उनले अहिलेको सरकार दलाल, ठेकेदार, माफियाहरुको पक्षमा लागेको भन्दै वैज्ञानिक समाजवादमा लागि संघर्ष गर्नुपर्ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरी पवनले शुभकामना दिँदै दलाल व्यवस्थाका कारण शैक्षिक क्षेत्र दलालीकरण र माफियाकरण भएको बताउँदै त्यसविरुद्ध संघर्ष थाल्न शुझाव दिए । उनले अखिल क्रान्तिकारीलाई इतिहासले सुम्पेको कार्यभार पूरा गर्न अपील समेत गरे ।

त्यसैगरी सम्मेलनमा लेना, अविरललगायतले पनि शुभकामना दिएका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा संगठनको मुखपत्र समेत विचोचन गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal