आज :

नेकपाले भन्यो–विद्यार्थीका माग पूरा नगरे सिएमसीमाथि हस्तक्षेप गर्छौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले चितवन मेडिकल कलेज (सिएमसी)ले विद्यार्थीका माग पूरा नगरे हस्तक्षेप गर्ने बताएको छ । जायज माग पूरा गरेर समस्या समाधान गर्नुको साटो विषयान्तर गरेको भनेको छ ।

नेकपाका प्रबक्ता प्रकाण्डले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पार्टीसँग जोडेर विद्यार्थीमा दमन गरिएको बताएका छन् । उनले कलेज प्रशासनले आफ्ना कमजोरी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।

“चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् । कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ । केही दिनअधि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले त्यसको पुष्टि गर्दछ” प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रबक्ता प्रकाण्डले विद्यार्थीका माग पूरा गर्न अनुरोध गर्दै भनेका छन्, “समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुनेछ ।” उनले संविधानमा स्वास्थ्य शिक्षा अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था भएपनि माफिया र दलालहरुले त्यसलाई लत्यार लाखौं अवैध असुली गरिरहेको बताएका छन् ।

सिएमसीमा अध्ययनरत विद्यार्थीहरु केही दिन आन्दोलन गरिरहेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal