आज :

जनयुद्धका घाइतेहरुको कथा समेटिएको फोटो र भिडियो प्रदर्शनी

इलाम । जनयुद्धका घाइतेहरुको कथा समेटिएको फोटो तथा भिडियो प्रदर्शन गरिएको छ । संविधान दिवसको अबसरमा इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको हो ।

अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरेको छ । प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्वपीडितलाई संगठित गरेर १४ कथाका आवाज, फोटो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।

जनयुद्धको बेला युद्धरत दुवै पक्षबाट पाएको यातना, बिस्फोटन, गोली वा अन्य चोटका कारणले अपांगताका साथ बाँचेकाहरुको कथा फोटो र भिडियोमा समेटिएको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । जनयुद्धमा घाइते र अंगभंग भएकाहरुलाई राज्यबाट उचित सम्मान र सुरक्षाका लागि विशेष ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको संजालले बताएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal