आज :

कर्णाली प्रदेश सरकारले ल्यायो ‘समाजवादी’ कार्यक्रम, सबै नागरिकको दुर्घटना बीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले सबै नागरिकको दुर्घटना बीमा गरेको छ । अब कर्णालीका सबै नागरिकले दुर्घटनामा ज्यान गुमाउदा र घर क्ष्ति पुगेपनि बीम स्वरुप क्ष्तिपूर्ति पाउनेछन् । सरकारले नै सबै नागरिकको बीमा रकम तिर्नेछ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयन गरिएको बीमा कार्यक्रम अन्तरगत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निःशुल्कविमा सुविधाप्राप्तगर्नेछन । त्यसैगरी विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

बीमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामुहिक रुपमा गरिने बीमाको प्रिमिएम बापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजारलाई प्रतिव्यक्ति मानेर सात रुपैयाँका दरले हुनआउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।

कार्यक्रमको सुभराम्भ गर्दै मुख्यमन्त्री महेन्दबहादुर शाहीले राज्यले प्रदान गर्ने सबै खालका सेवा सुविधा सरल रुपमा प्राप्त गर्नुपर्ने बताए । विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले सबै नागरिकको लागि दुर्घटना बीमा सरकार गरिदिएको बताए ।

मुख्यमन्त्री शाहीले बीमा रकम हेर्दा सानो देखिएपनि कर्णालीका नागरिकमा दुःखको बेला सरकार आफनो साथमा रहेको अनुभुति गराउने विश्वास व्यक्त गरे । स्वास्थ्य बीमाको प्रभावकारिताका बारेमा जनताको गुणासो आएको भन्दै मुख्यमन्त्रीशाहीले जन गुनासो नआउने गरी संचालन गर्न निर्देशन समेत दिए ।

त्यसैगरी बीमा कार्यक्रम ल्याएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यो कार्यक्रम समाजवादी कार्यक्रम भएको बताउँदै जनताको मन मनस्तिष्कमा पुग्न जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । भण्डारीले कार्यक्रमको शुभारम्भपछि केही संचारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ”कर्णाली प्रदेश विकट, जटिल र सम्वेदनशील भूगोल भएको प्रदेश हो । भौगोलिक जटिलताले विपदहरु आइरहन्छन् । कर्णालीका जनताहरु विपदसँग हरेक दिन लुकामारी गरिरहेका छन् । जनतालाई राज्यका तर्फबाट सुरक्षाको प्रत्याभूति दिनका लागि यो कार्यक्रम अगाडि सारिएको हो ।”

मन्त्री भण्डारीले सामूहिक रुपले एकैचोटी १७ लाख ७० हजार जनताको दुर्घटना बीमा सरकारले गरेको बताए । उनले यो बीमा जीवन बीमा र निर्जिवन दुबै भएको समेत जानकारी दिए । निर्जिवन अन्तरगत १० हजार घरको बीमा गरिएको बताउँदै भण्डारीले अब कर्णालीको कुनै पनि घर विपदका कारण पूर्ण रुपमा भत्कियो भने बीमा कम्पनीले ५ लाख रकम उपलब्ध गराउने बताए । उनले सामुहिक रुपमा यति गरिएको एसियाकै पहिलो बीमा कार्यक्रम भएको समेत बताए ।

शुुभारम्भ कार्यक्रममै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कर्णाली सरकारले गरेको दुर्घटना बीमाले सरकारले समाजवादी कार्यक्रम ल्याएको भन्दै चौतर्फी चर्चा हुन थालेको छ । यसैगरी शिक्षा र स्वास्थ्यको दायीत्व पनि राज्यले नै लिनुपर्ने सामाजिक संजाल प्रयोगकर्ताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal