आज :

नेकपाका युवा नेता खतिवडा गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता केदार खतिवडालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार साँझ खतिवडालाई प्रहरीले काठमाडौँस्थित कोठाबाटै गिरफ्तार गरेको हो ।

खतिवडाकी पत्नी गिता सिलवालका अनुसार बुधबार साँझ कोठाबाटै प्रहरीले कता लिने भन्नेबारे कुनै जानकारी नदिएरै भ्यानमा राखेर प्रहरीले लगेको थियो । अहिले खतिवडालाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।

खतिवडा यसअघि ६ महिना हिरासत बसाई पछि अदालतको आदेशमा हालै रिहा भएका थिए ।

खतिवडालाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै पत्नी सिलवालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्ने तयारी गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal