आज :

९ अर्ब ६० करोडमा संघीय संसद भवन बन्दै

काठमाडौं । सिंहदरबारभित्रको पुतली बगैँचामा संघीय संसदको भवनको शिलान्यास गरिएको छ ।

इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार पुतली प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
संघीय संसद भवन एक सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ छ ।

मूल्यबृद्धि र विभिन्न कन्टिजेन्सीसहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माणको लागत करिब ९ अर्ब ६० करोड रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय संसद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाए । संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबी,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन र चमेना गृह पनि बनाइनेछ ।

त्यसैगरि प्रेस छपाई भवन र ७ सयवटा सवारी साधन पार्किङ एवम् सुरक्षाकर्मीको भवन बन्ने छन् । परिसर भित्रका भवनहरु ३ देखि ५ तलासम्म निर्माण गरिने छ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछ ।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुने छ ।

परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराइने छ । दक्षिणपूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ ।

सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान हुनेछ । संसदको आफ्नै भवन नहुँदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक सञ्चालन भइरहेको छ ।

सचिवालय र समितिका बैठक भने सिंहदरबारभित्र सञ्चालन हुँदै आएका छन् । नयाँ भवन निर्माण भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालय एकै स्थानमा व्यवस्थित ढंगले हुने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal