आज :

राजधानीमै बसभित्र दुई बालिका बलात्कृत, सहचालक पक्राउ 

काठमाडौं । राजधानीमै दुई बालिका बलात्कृत भएकी छन् । त्यो पनि बसभित्रै । काठमाडौंको

बालात्कारको शिकार भएकी बालिका काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेका थिइन् । प्रहरीले अनुसन्धन गरेपछि उनीसहित दुई बालिका बसभित्रै बलात्कार भएको पत्ता लागेको हो ।

मनमैंजु चोकमा भेटिएकी ११ बर्षीय बालिकालाई महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो । स्वास्थ्य परीक्षणपछि बालिकामाथि बलात्कार भएको पुष्टी भएको थियो ।

बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले बताएको छ ।

बालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई पक्राउ गरेको छ । एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको  प्रहरीले जनाएको छ ।

अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal