आज :

भारतीय खेलाडीलाई हराउँदै दाहालले जिते स्वर्ण पदक 

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका छन् । दुबई जुनियर इन्टरनेश्नल सिरिजमा प्रतियोगिताको यूथ नाइन्टिन पुरुष एकल स्पर्धामा भारतीय खेलाडी वरुण कपुरलाई हराउँदै प्रिन्सले स्वर्ण जितेका हुन् ।

प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ को सोझो सेटमा हराए । क्वाटरफाईनलमा भारतकै अर्का खेलाडी रोहण गुर्बानीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा भने युएईकै खेलाडी बसन्त कुमार राजेन्द्रनलाई स्तब्ध पार्दै प्रिन्सले भारतका कपूरविरुद्धको फाइनल भिडन्त तय गरेका थिए । फाइनलमा जित हात पार्दै प्रिन्सले आफ्नो लोभलाग्दो खेल करियरमा अर्को एउटा अन्तर्राष्ट्रिय उपाधि थपेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal