आज :

ज्ञानेन्द्र शाहीमाथि सिभिल एभियसन विपरीत कसूरमा मुद्दा चलाउने तयारी, कसले दियो उजुरी ?

काठमाडौं । प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा राखेको छ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले शाहीलाई अनुसन्धानको लागि भन्दै ललितपुर प्रहरीले हिरासतमा लिएको हो ।

आइतबार नेपालगंज घटनाबारे आयोजित पत्रकार सम्मेलनबाटै प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो । दिउँसो प्रहरीले शाहीको  सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर साँझ पक्राउ पुर्जी दिएको थियो ।

तर, शाहीमाथि सिभिल एभियसन कसूरमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।  गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

शाहीविरुद्ध उजुरी कसले दियो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । पर्यटनमन्त्री भट्टराईको सचिवालयका एक सदस्यले उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal