News Portal

  • रामारोशन गाउँपालिकाका अध्यक्ष साउदमाथि गोली प्रहार, यस्तो छ अवस्था 

    ३५६ पटक

    अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मुजाबगरस्थित गाउँपालिकाको कार्यालयसँगै रहेको निवासमा रहेका अध्यक्ष झंकर साउदलाई गोली प्रहार भएको छ ।

    स्थानीयका अनुसार अज्ञात समूहले गोली गरेको तर अध्यक्ष साउद सुरक्षित रहेको बताएका छन् । प्रत्यक्षदर्शी डम्बर स्वारका अनुसार तीनजनाको संख्यामा आएका व्यक्तिहरुले अध्यक्ष साउदमाथि गोली प्रहार गरेर भागेका थिए ।

    अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको अछाम प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्