आज :

लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

सुखड । समुदाय प्रहरी साझेदारी अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तक्र्रिया भएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडको आयोजनामा शान्त र सुरक्षित समाज निर्माण गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएकोे हो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाही, स्वास्थ्य शाखा प्रमुख हेमराज बुढा, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य र नगरपालिका क्षेत्रमा स्वास्थ्यकर्मी तथा अस्पताल र क्लिनिक सञ्चालकहरु सहभागिता रहेका थिए ।

उनीहरुले अहिले लागुऔषध सेवनकर्ता बढेकोे प्रति चिन्ता ब्यक्त गर्दै न्युनिकरणमा सबैले लाग्नुपर्ने धारणा राखे । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरी शरण भट्टले समाजमा शान्ति सुरक्षा र लागुऔषध नियन्त्रणका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै घोडाघोडी अस्पतालका सञ्चालक विष्णु सापकोटाले नगर क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीहरुको नियमन र नविकरण गर्ने कार्यमा नगरपालिका चुकी रहेको बताए ।

फरक प्रसंगमा बोल्दै घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज बुढाले अहिले डेंगो संक्रमण बढेकोले संवेदनशिल हुन र समयमै उपचार गर्न आग्रह गरे ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई गम्भिरताका साथ नलिएको भन्दै आलोचना बढेपछि नगर प्रवक्ता मनराज शाहीले अगामी दिनमा नगरपालिकाको स्वास्थ्य शाखासंग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal