आज :

३० लाख अबैध रकमसहित भारतीय नागरिक पक्राउ

कैलाली । करिब ३० लाख रकम सहित जिल्ला प्रहरी कार्यालय कैलालीले एक जना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई २९ लाख ८० हजार अवैध रकमसहि पक्राउ गरेको हो ।

बर्माबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको हो । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीसँग ६ वटा विभिन्न बैैंकका एटिएम कार्डसमेत रहेको छ । पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal