आज :

प्रहरीले गोली चलायो, एक जना पक्राउ

वीरगन्ज । प्रहरीको गोली लागेर एक जना वीरगञ्जमा घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षिय सन्तोष दासलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । उनी पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ ।

प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal