आज :

नेकपाका महोत्तरी इन्चार्ज कार्की गिरफ्तार, आयो कडा विज्ञप्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला इन्चार्ज रुपेश कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई प्रहरीले आइतबार साँझ बर्दिबासबाट गिरफ्तार गरेको थियो ।

सोमबार नेकपा जनकपुर ब्यूरो एक विज्ञप्ति जारी गरेर कार्कीको गिरफ्तारीको भत्सर्ना गर्दै रिहाईको माग गरेको छ । ब्यूरो इन्चार्ज अरुणले पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेर झुटा मुद्दामा फसाउने गरेको बताएका छन् । उनले दमन, हत्या र झुटा मुद्दाले मुक्ति आन्दोलन नरोकिने बताए ।

“वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फासिवादी हर्कतलाई बढाउँदै लगेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई अमानवीय र गैरकानुनी ढङ्गले दमनगर्ने, गिरफ्तार गर्ने, झुट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ । केपी–प्रचण्ड मण्डली सरकारको यसप्रकारको गैरराजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । दमन, गिरफ्तार, झुट्टा मुद्दा र हत्याले इतिहासमाकहिल्यै जनताको मुक्तिआन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै विनासर्त स–सम्मान रिहागर्न हाम्रो पार्टी जोडदार माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अरुणले दमन र गिरफ्तार जारी रहे प्रतिरोध संघर्षको घोषणा गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal