आज :

सर्बोच्च अदालतको आदेशमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य न्यौपाने रिहा

काठमाडौ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य पुस्पराज न्यौपाने रिहा भएका छन् । शुक्रबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

२०७५ साल फागुन १८ गते नेपालगन्जदेखि सुर्खेत जाने क्रममा कोहलपुर नजिकैबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशमा १० हजार धरौटी बुझाए लगत्तै प्रशासन परिसरबाटै उनी पुनः पक्राउ परेका थिए । पटकपटक अदालतको आदेशबाट रिहा हुँदै पक्राउ पर्दै आएका न्यौपानेले बाँके, बर्दिया र कैलालीका हिरासत र कारागारहरुमा झन्डै ६ महिना बन्दी जीवन बिताए ।

रिहाई लगत्तै अनलाइन डबलीसंग कुरा गर्दै न्यौपानेले ढिलो भएपनी अदालतले आफुलाई गैरन्यायिक थुनाबाट मुक्त गराएकोमा खुसी ब्यक्त गरे । कानुनका विद्यार्थी समेत रहेका न्यौपानेले भने, “राजनीतिक पुर्वाग्रहका कारण सरकारले बिनाकारण मलाई दुख दिने प्रयत्न गर्यो । ढिलै भएपनि आज सर्बोच्च अदालतले आफ्नो विवेक प्रयोग गर्दै अन्यायको विरुद्धमा आदेश दिएकोमा खुसी लागेको छ ।” सरकारको सबै प्रकारका दमन, जालझेल र षडयन्त्र चिर्दै विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन निरन्तर संघर्षरत रहने न्यौपानेको भनाइ छ ।

न्यौपानेलाई गैरन्यायिक बन्दी बनाइएको भन्दै उनका भाइ दिपक न्यौपानेले गत साउन १५ गते सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal