आज :

उत्तर कोरियाद्वारा फेरि दुईओटा क्षेप्यास्त्र प्रक्षेपण, जापानमा खसे

काठमाडौं । उत्तर कोरियाले फेरि दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाकारूपमा उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ ।

दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

ती क्षेप्यास्त्र ‘सी अफ जापान’मा खसेको बताइएको छ ।यसअघि, बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal