आज :

गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक जना प्रहरी घाइते

काठमाडौं । मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।

गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गएराति १२-१ बजेको समूहमा मनहरी-९ राप्तीखोलामा ५ जना तस्करको समूह रहेको र पक्राउ गर्न खोज्दा तस्करको समूहले प्रहरीमाथि गोली प्रहार गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोली प्रहार गर्ने कुमार स्याङतानलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद भएको छ ।

घटनामा संलग्न अन्य ४ जना फरार भएका छन् । घटनाबारे जानकारी दिन प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal