आज :

सर्पको टोकाईबाट बालकको मृत्यु

डोटी । केआईसिंह गाउँपालिकामा २ तिखात्तरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ ।

आँगनमा बसेर पढिरहेका शेर बोगटीका ९ वर्षिय छोरा झकेन्द्र बहादुर बोगटीलाई सर्पले टोकेको स्थानीय मोहन बोगटीले बताए ।

बुधबार मध्यान्ह सर्पले टोकेको बच्चालाई गाउँमै झारफुक गर्दा निको नभएपछि मात्र अस्पताल लगिएको थियो । बालकको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भयको हो ।

ढिलो गरी अस्पताल ल्याएका कारण उपचार सम्भव नभएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal