आज :

अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतीय ब्याट्सम्यान रायुडूले लिए सन्यास

काठमाडौं । भारतीय मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

आईसीसी विश्वकप क्रिकेट २०१९ मा टिममा नपरेपछि उनले गरेको एक विवादित ट्वीट पनि चर्चामा आएको थियो । त्यसपछि उनलाई वैकल्पिक खेलाडीहरुको सूचीमा राखिएको थियो ।

तर चोटका कारण शिखर धावन र विजय शंकर टिमबाट बाहिरिए पनि उनीहरुको स्थानमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले उनलाई विश्वकपका लागि इंग्ल्याण्ड पठाएन । आन्ध्रपद्रेशका क्रिकेटर रायुडूले अचानक सन्यास लिएको कारणबारे भने केही पनि बताएका छैनन् ।

यद्दपि उनले आईपीएलमा भने खेल्ने बताएका छन् । पछिल्लो एक वर्षदेखि रायुडू भारतीय टिमको नियमित सदस्य रहँदै ४ नम्बरमा ब्याटिङ गर्दथे । तर विश्वकपमा भने उनको स्थानमा विजय शंकरलाई राखिएको थियो ।

५० इनिङ एकदिवसीय खेलेका रायुडूले ४७.०६ को औसतमा १६९४ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको सर्वाधिक स्कोर १२४ रन छ । उनले अन्तिम एकदिवसीय क्रिकेटमा गएको ८ मार्चमा २ रन बनाएका थिए ।

रायुडूले ६ वटा टी-२० पनि खेलेका छन् । उनले २०१३ मा डेब्यू गरेका थिए । विश्वकपका लागि चौथो स्थानमा आफ्नो दावेदारी बलियो बनाउनका लागि प्रथम श्रेणी क्रिकेटबाट पहिला नै सन्यास लिएका थिए ।

उनले भारतीय क्रिकेटबाट सन्यास लिएपछि उनलाई आइसल्याण्ड क्रिकेट बोर्डले आफ्नो देशको नागरिकता दिने र त्यहीबाट क्रिकेट खेल्न अफर गरेको छ । आइसल्याण्डको ट्वीटर ह्याण्डलमा त्यहाँको नागरिकता लिने प्रक्रियाबारे पनि उल्लेख गरेको छ ।

उनले सन्यासको घोषणा गर्दै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनी र उपकप्तान रोहित शर्मालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal