आज :

लिवियामा हवाइ आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन् ।

मारिने र घाइते हुनेमा अधिकाँश अफ्रिकन आप्रवासी रहेका छन् । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो ।

हिरासत केन्द्रमा १२० जना आप्रवासी रहेको थिए । हालसम्म आक्रमणकारीको पहिचान हुन सकेको छैन । यद्यपि, घटनामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् ।

लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग राखेर संघर्षरत छ । पछिल्ला वर्ष युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानबिन्दु बन्ने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal