News Portal

  • विश्वकप क्रिकेटमा आज भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    डबली सम्वाददाता
    २८१ पटक

    काठमाण्डौ । विश्वकप क्रिकेटमा आज ( बलियो भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । विर्मिङहृयाममा नेपाली समय अनुसार आज ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्दैछ । सेमिफाइनल नजिक रहेको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

    बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहिरहेको छ । बंगलादेशविरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ ।

    अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाका कारण अंक बाँड्दै ११ अंक बनाएको छ । अब भारत फाइनल पुग्नका लागि एक खेल काफी छ ।

    बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वषरको कारण अंक बाँड्दै सात अंक बनाएको छ ।

    प्रतिकृया दिनुहोस्