
सुमेरु सहकारीका संचालकले १५ अर्ब ६० करोड ठगि गरे
काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।
बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगि गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिडिरहेको बताए ।
‘सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ । संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् । सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने ।
पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरु नै यही वरपर बसेका छन्, तर सरकारले कारवाहीको नगरेकै कारण ठगहरुको मनोबल बढेको छ । सरकारले जनताको बचत फिर्ताको पहल गर्नुपर्छ’ राजभण्डारीले भने ।
बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको मागअनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि संचालकहरु उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरुपयोग गरेर संचालक १४ जना कानुन व्यवसायीहरु लगाएको आरोप राजभण्डारीले लगाए ।
संचालकले समस्याग्रस्त अवस्थाबाट उल्टाउन अधिकांश नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर अदालत पुगेको राजभण्डारीले बताए ।‘हाम्रो बचतको सुरक्षाको लागि हामीले दुई बर्षदेखि कुरा उठाएर सरकारले समस्याग्रस्त घोषणा गरेको थियो तर थप ठगी गर्न नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर संचलकहरु अदालत पुगेका छन्’ राजभण्डारीले भने ।
पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा संचालकहरुले संगठित रुपमा बचत हिनामिना गरेको बताए । सुमेरुमा कसरी संगठितरुपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले संचालक संगठित रुपमा ठगि गरेको बताए । उनले भरत महर्जन नेतृत्वको संचालक समितिदेखि हालसम्मका संचालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनको लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।
‘२०७६ सालमा संचालक समितिबाट राजिनामा दिइसकेको भरत महर्जन २०७९ पौस २२ गते बसेको संचालक समितिको बैठकमा उपस्थिति थिए । उक्त बैठकले ३ अर्ब ३९ करोड बचत रकम गैरकानुनीरुपमा कलेजमा लगानी गरेका थिए’ स्थापितले भने । महर्जनले सुमेरु डेभलप्र्सको जग्गा बच्च २०८१ बैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए ।
‘यदि अभियुक्त अपराधि भरत महर्जनले २०७६ सालमा आफ्नो व्यवस्थपन कर्तव्यबाट पूर्णरुपमा राजिनामा दिएका थिए भने उनले २०८१ मा सुनिल ढंगोललाई जग्गा बेच्नको निम्ति वारिस कसरी दिए ? यो स्वतः संगठित अपराधिको नमुना हो’ स्थापितले भने ।
पीडित रिता गिरीले आफूहरुको बचत फिर्ताको लागि सरकारले ठगि गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आफूहरुले श्रम गरेर जम्मा गरेको पैसामाथि संचालकले मोजमस्ती गरेको भन्दै गिरीले बताइन् ।
पीडितहरुले बाहिर हल्ला गरेजसरी राजबहादुर सिंहले सहकारीको समित्व नलिएको बताए । उनीहरुले संचालकहरुकै योजनामा बचतकर्तालाई भ्रम छर्न सिंहलाई ल्याएको बताए ।