
काठमाडौं । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् ।
बुधबार बिहान सीसीटीभीको उदघाटन गर्ने क्रममा मेयर सरावगीले आफ्नै पार्टीका स्थानीय नेता अजय चौरसियामाथि कुटपिट गरेका हुन् ।
मेयरलाई सार्वजनिक कार्यक्रममै गाली गरेपछि कुटपिट गरेको स्थानीयले बताएका छन् । चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।