आज :

समयमा चिकित्सक नआउँदा बालिकाको मृत्यु, अस्पतालमा तालाबन्दी

महोत्तरी । उपचारका लागि अस्पताल पु¥याइएका बालिकाको मृत्यु भएपछि जलेश्वर अस्पतालमा तालाबन्दी गरिएको छ ।

आइतबार बिहान ४ बजे जलेश्वर नगरपालिका-३ खैराका प्रमोद यादवकी ४ वर्षिय छोरी शिवानी यादवको मृत्यु भएपछि आफन्तले तालाबन्दी गरेका हुन् ।

उपचारमा ढिलाई हूँदा बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले चिकित्सकको निवास, अस्पतालको प्रशासन र मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

बिरामी जाँच्न् सहज होस् भन्ने उद्देश्यले अस्पतालमै चिकित्सकको निवास राखे पनि समयमा चिकित्सक नआउँदा मृत्यु भएको मृतकका आफन्तले गुनासो गरेका छन् ।

बालिकालाई अस्पताल ल्याएको करिब १ घण्टापछि मात्र चिकित्सक आएर विरामीको उपचार त्यहाँ सम्भव नहुने बताएका थिए । त्यसको केही समयपछि बालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal