News Portal

  • ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    १८४ पटक

    सिरहा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका-८ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नं.को ट्रकले पैदलयात्री नरहा गाउँपालिका-१ तिलासीका ३५ वर्षिय विक्रम उडाउँलाई शनिबार बिहान ठक्कर दिएको हो ।

    चालक र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्