आज :

विश्वकप क्रिकेटको उपाधि दावेदार इङ्ल्यान्ड श्रीलंकासँग पराजित

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै ४ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको २३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ४७ ओभरमा २१२ रन जोड्दा अलआउट भएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । इङ्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । यो हारसँगै इङ्ल्यान्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

इङ्ल्यान्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार बेहोरेको इङ्ल्याण्ड तेस्रो स्थानमा रहेको छ । इङ्ल्यान्डलाई हराएसँगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ ।

श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । प्रतियोगिताअन्तर्गत आज २ खेल हुँदै छ । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे भारत र अफगानिस्तान भिड्दा साँझ सवा ६ बजे सुरु हुने अर्को खेलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal