News Portal

  • जिपको ठक्करबाट चन्द्रबहादुर थारुकोे मृत्यु

    १७८ पटक

    रुपन्देही । सैनामैना नगरपालिकाको वडा नं.३ स्थित भार्सेली चोकमा जिपले ठक्कर दिँदा शुक्रबार बिहान साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सैनामैना नगरपालिका-५ का ५७ वर्षिय चन्द्रबहादुर थारू रहेका इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको लु १ च ६९३६ नं.को जिपले त्यही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्