आज :

पूर्वबाट चाँडै मनसुन भित्रिँदै

काठमाडौँ । देशभरको मौसम आज (बुधबार) आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव तथ पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको उनले बताए । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।

मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।

आज वा भोलीसम्ममा पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । आफूले अनुगमन गरिरहेको र केही मनसुनी गतिविधि देखिएको उनको भनाइ छ ।

पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्यतिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ, किनकी त्यस क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव कम भएको छैन । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ९ दिन ढिला भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal