
काठमाडौं । सरकारले भूमि व्यवस्थासम्बन्धी विधेयक फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी छिन् ।
सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि उनले जानकारी दिइन् ।