आज :

भूमिगत रेल चढेर फ्रान्स पुगेका ओली समकक्षी फिलिपेलाई भेट्दै

काठमाडौं । बेलायतको ३ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्स पुगेका छन् ।

उनी आज फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगिसकेको छ । उनी हिजो युरो टनेल भनिने भूमिगत रेल चढेर फ्रान्स पुगेका थिए ।

१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो छ ।
यसअघि बेलायतस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले बेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरे ।

नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको जनाउँदै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासासित भएको चर्चा गरेका थिए ।

२ देशबीचको सम्बन्धलाई अझैँ प्रगाढ गराउन आफ्नो भ्रमण सफल भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको सम्मान र स्वागतमा नेपाली दूतावासले गरेको कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal