आज :

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको मानव साङ्‍लो

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले काठमाडौंको बबरमहलदेखि माइतीघरसम्म मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पूर्वपदाधिकारी र सम्पादक तथा पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरुले विधेयकले स्वतन्त्र प्रेसको हत्या गर्न लागेको भन्दै आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए ।

सरकारले पत्रकारको आन्दोलनको बेवास्ता गरेपछि महासंघकै अगुवाईमा अन्तर्राष्ट्रिय मिडिया मिसन नेपाल बोलाउनु पर्ने धारण बक्ताहरुले राखेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।

स्वतन्त्र प्रेसका लागि विगतमा पनि मिशन टोली नेपाल आएको बताउँदै सरकारले विधेयक फिर्ता नलिए फेरिपनि मिशन बोलाउनु पर्ने पत्रकार महासंघका पुर्वअध्यक्ष सुरेश आचार्यले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal