आज :

चीन, रुस र भारतमा राम्रो हावा-पानी छैन, त्यहाँका मान्छेहरुको चेत छैनः ट्रम्प 

माठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन, रुस र भारतमा मानिसका लागि स्वच्छ हावापानी नभएको बताएका छन् । जलवायु परिवर्तनबारे बोल्दै ट्रम्पले विश्वको पर्यावरणमा यी देशहरु गैरजिम्मेवार भएको समेत बताए ।

“भारत, रुस र चीनजस्ता देशमा राम्रो हावा र पानीसम्म पनि छैन । विश्वको पर्यावरणका लागि यी देश आफ्नो जिम्मेवारी निभाउँदैनन्, न यी देशलाई जिम्मेवारीबोध नै छ । यी देशमा प्रदुषण र सरसफाइको विषयतमा चेतसमेत छैन” ट्रम्पले भने ।

विश्व वातावरण दिवसको अबसरमा ब्रिटिश च्यानल आइटीभीलाई दिएको अन्तरवार्तामा ट्रम्पले अमेरिका संसारकै सबैभन्दा स्वच्छ देशमध्येको एक भएको दाबी गरे । ट्रम्पले अगाडि भने, “अमेरिका संसारको सबैभन्दा स्वच्छ देशमध्येको एक हो । यो कुरा आँकडामा पनि प्रष्ट भएको छ । स्थिती सुधारोन्मुख छ । यस्तै, भारत, चीन र रुसजस्ता देशलाई स्वच्छता र प्रदुषणबारे केही थाहा नै छैन ।”

अन्तरवार्ताको क्रममा ट्रम्पले भारतसहित केही देशमा राम्रो हावा र सफा पानी नभएको बताए । उनले ती देशका केही शरमा गएमा सास र्फेन समेत नसकिने दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal