आज :

एक व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट ४ जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । गोली प्रहारबाट कम्तिमा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समाचारमाध्यमका अनुसार एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो । डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएअनुसार बन्दुकधारीले डार्बिनको एक होटलको प्रत्येक कोठामा पसेर जथाभावी गोली प्रहार गरेका थिए । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार आक्रमणकारीले पाल्मस होटलमा रहेकी एक महिलाको गोडामा कयौं पटक गोली हानेका थिए ।

घटनामा एक ब्यक्तिको मात्र संलग्नता रहेको हुन सक्ने बताइएको छ । घटना भएको एक घण्टापछि नै ४५ वर्षिय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत जानकारी दिइएको छैन ।

प्रहरीका अनुसार बन्दुकधारीले टोयोटाको सेतो हाइलक्स गाडी चलाएर आएका थिए । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले घटना आतंकवादी क्रियाकलापसँग सम्बन्धित नरहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal