आज :

भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं । भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २० घण्टा बित्दासमेत पत्ता लागेको छैन ।

सोमबार स्थानीय समयअनुसार दिउँसो करिब एक बजेबाट सम्पर्कविहीन विमानको अवस्था अझै पत्ता लागेको छैन । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ ।

विमान बेपत्ता भएलगत्तै सोमबार रातिसम्म र मंगलबार बिहानैदेखि खोजी तथा उद्धारका लागि विभिन्न टोली परिचालन गरिए पनि विमानको अवस्था पत्ता लाग्न नसकेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

विमान खोजीका लागि स्थल र हवाई मार्गमासमेत टोली परिचालन गरिएको छ । वायुसेनाको एएन-३२ विमानमा चालक दलका ८ सदस्य र ५ यात्री रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वायुसेनाको सो विमान चिनियाँ सीमा क्षेत्र नजिकै बेपत्ता भएको हो ।

विमान दुर्घटनाको आशंका गरिए पनि खोजतलासमा हेलिकप्टरसहित परिचालन गरिएको टोलीले त्यस्तो कुनै प्रकारको अवशेष फेला पार्न सकेको छैन । एएन–३२ विमान जस्तोसूकै प्रतिकुल मौसममा पनि उडान गर्न सक्षम मानिन्छ ।

यसको प्रयोग कम तथा मध्यम दूरीमा सैन्य बन्दोबस्तीका सामान ओसार्न तथा सैनिक टोली ओसार्न बढी मात्रामा प्रयोग हुने गरेको छ । २ इन्जिन भएको सो विमान एक सय भन्दा बढी संख्यामा भारतसँग रहेको छ । हालसम्म भारतीय वायुसेनाका यस्ता ९ वटा विमान दुर्घटना भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal