आज :

सीडीओहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको जानकारी दिए । सबैभन्दा बढी प्रजिअको सरुवा भएको छ । आज (मंगलबार) सार्वजनिक गरिएको सरुवा सूचीमा नुवाकोटका प्रजिअ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सर्लाहीका प्रजिअ द्रोण पोखरेललाई नुवाकोट र उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासीको सुस्तापूर्व तथा गृह मन्त्रालयका शम्भुप्रसाद मरासिनीलाई नवलपरासीको सुस्तापश्चिम पठाइएको मन्त्रालयले जनाएको छ ।

रुपन्देहीका उदयबहादुर रानामगरलाई काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ भने कपिलवस्तुका प्रजिअ अर्जुनप्रसाद पोखरेललाई रुपन्देही खटाइएको छ । गोरखाका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ कपिलवस्तु र नवलपरासी सुस्तापश्चिमका प्रजिअ देवेन्द्र लामिछाने गोरखा सरुवा भएका छन् ।

सिरहाका रुद्रप्रसाद पण्डितलाई तनहुँ, नुवाकोटका प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहा, काभ्रेका प्रजिअ कृष्णबहादुर राउतलाई सर्लाही खटाइएको छ । नुवाकोटका सहायक प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहाको कामु प्रजिअमा सरुवा गरिएको छ ।

डोटीका सहायक प्रजिअ टेकनारायण पौडेललाई डोटीकै कामु प्रजिअमा पदस्थापन गरिएको छ । उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासी बर्दघाट सुस्तापूर्वको कामु प्रजिअमा, अध्यागमन विभागका निर्देशक जनार्दन गौतमलाई सिन्धुलीको कामु प्रजिअ, सुनसरीका सहायक प्रजिअ ध्रुवबहादुर खड्कालाई उदयपुरको कामु प्रजिअमा सरुवा गरिएको छ ।

नवलपरासी सुस्तापश्चिमका सहायक प्रजिअलाई रुकुमपश्चिमको प्रमुख जिल्ला अधिकारी, रुकुमपश्चिमका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई रुपन्देहीको सहायक प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ कल्पना घिमिरे नेपाललाई पर्वतको प्रजिअमा सरुवा गरिएको छ ।

यसैगरी, पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअ गंगाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal