News Portal

  • सुखडमा स्कुल बस दुर्घटना, ४ जना विद्मार्थी घाइते

    २४१ पटक

    सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको लिटिल एन्जल्स मा.वि.को स्कुल बस दुर्घटना भएको छ ।

    आज बिहान विद्मार्थी लिएर फर्किने क्रममा से १ ख ३९८ नं.को बस नगरपालिकाको वडा नं.३ सुखड भजनी सडक खण्डको जनकपुरमा दुर्घटना परेको हो ।

    दुर्घटनामा परि ४ जना विद्मार्थी घाईते भएका छन । घाईतेहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ । बसको स्टेरिङ भाचिएर दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्