आज :

टाटासुमो त्रिशुली नदीमा खस्यो, ३ को मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । रसुवाको मैलुङ-स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२० नं.को टाटा सुमो हिजो साँझ कालिका गाउँपालिका-१ गुम्चेतमा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा गोल्जुङका ३२ वर्षिय नुर्बु तामाङ, ३२ वर्षिय साँईली घले र ३५ वर्षिय मेन्दो घले रहेका छन् । टाटासुमो सडकबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा खसेको थियोे ।

जीपमा सवार ११ जनामध्ये ३ जना नदीमा वेपत्ता भएको बताइएको छ । सेना र प्रहरीको टोलीले बेपत्ता भएकाहरुको खोजी गरिरहे पनि फेला पार्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका ५ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने २ जनाको नुवाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal