
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुन : सरेको छ । सोमबार बिहान बस्ने भनिएको बैठक भोलि बस्ने गरि सारिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप गृहकार्य आवश्यक परेकाले बैठक सारिएको स्रोतले जानकारी दिएको छ ।
अर्को अध्यक्ष दाहालले व्यक्त गरेको आफू र प्रधानमन्त्री रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको नेतृत्व ओलोपालो गर्ने सहमति र पार्टी एकताका विषयमा छलफलका लागि भनेर सोमबारका लागि बैठक बोलाइएको थियो ।