आज :

विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

गएराती भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको छ । खेलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनायो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन जोडे पनि टोलीको हार टार्न सकेनन् । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनाएको थियो । उसका लागि मुस्फिकर रहमानले ७८ रन जोड्दा शाकिब अल हसनले ७५ रनको योगदान दिए ।

जितसँगै बंगलानदेशले विश्वकप क्रिकेटको १२ औं संस्करणमा शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीका भने लगातार दोस्रो खेलमा पराजित भएको छ । प्रतियोगिताको उदघाटनमा दक्षिण अफ्रिकालाई इंग्लण्डले हराएको थियो ।

आज प्रतियोगितामा इंग्लण्ड र पाकिस्तान भिड्ने छन् । पहिलो खेलमा इंग्लण्ड विजयी भएको थियो भने पाकिस्तानलाई वेष्ट इंडीजले हराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal