आज :

सार्वजनिक जग्गा मिचेर बनाईएका घरटहरा भत्काउन शुरु

काठमाडौं । पर्र्यटकीय क्षेत्र नगरकोटमा सरकारी तथा सामुदायिक वन क्षेत्र र सडक सीमाको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरिएको छ ।

चाँगुनारायण नगरपालिकाले आईतबार मात्रै २० वटा टहरा भत्काएको छ । नगरपालिकाले यसअघि नै सार्वजनिक जग्गा मिचि बनाईएका घरटहरा भत्काउन सार्वजनिक सूचना जारी गरेको थियो ।

अनाधिकृत संरचना भत्काउन अटेर गरेपनि नगरपालिकाले पहिलो चरणमा नगरकोटा क्षेत्रमा रहेका २० वटा घर र टहराहरु भत्काएको छ । नगरकोटको सनसेट भ्यु प्वाइन्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काईएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

अतिक्रमण गरी बनाईएका संरचनाहरु तीन चरणमा भत्काउने योजना बनाएको छ । दोस्रो चरणमा भ्युटावर र भट्टेडाँडा बजारमा रहेका अवैध संरचना भत्काउने तयारी छ भने तेस्रो चरणमा खरिपाटीदेखी गड्गडेसम्मका अतिक्रमित टहरा भत्काउने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र जिल्लास्थित सुरक्षा निकायहरुको संयुक्त प्रयासमा अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । नगरकोट क्षेत्रमा मात्र १६० रोपनीभन्दा बढी सामुदायिक वन, सरकारी र सडक सिमा भित्रका जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरी होटल, रेष्टुरेन्टलगायतका व्यवसाय सञ्चालन हुँदै आएको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

वन कार्यालयले एक दशकअघिदेखि सो क्षेत्रमा अतिक्रमण गरी बनाएका घर टहरा हटाउने प्रयास गरे पनि राजनैतिक दललगायतको दवावका कारण सकिएको थिएन । यसअघि नगरपालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा स्थानीय आफैंले भत्काउन समय सीमासहितको सूचना जारी गरेपछि स्थानीय र व्यवसायीको टोलीले तत्काल घर टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal