आज :

मिडिया काउन्सिल विधेयक संशोधन गर्न नेता नेपालको सुझाव

नेपालगञ्ज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई विवादास्पद निर्णयहरु नगर्न सुझाव दिएका छन् ।

प्रेस संगठन, बाँकेले आज (शनिबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राय सुझाव लिएर काम नगर्दा सरकारका कतिपय निर्णय विवादमा परेको बताए ।

मिडिया काउन्सिल विधेयक त्यसको उदाहरण भएको बताउँदै उनले यो विधेयकलाई सबै पक्षको राय सुझाव लिएर संशोधन गर्न सुझाव दिए । विधेयकमा कहाँकहाँ सुधार्न सकिन्छ । सबैको सुझाव लिएर संशोधन गरेर सर्वस्वीकार्य बनाउन जोड दिए । उनले भने, ‘सरकारले काम गर्न खोजेको छ । कामहरु पनि भएका छन्, त्रुटी पनि भएका छन्, कमिकमजोरीलाई सुधारेर अघि बढ्न जरुरी छ ।’ पार्टीभित्र विधि र पद्धति बसाउन आफूले खबरदारी गरिरहेको बताए ।

‘तपाईलाई पार्टीमा अध्यक्षद्वयले पेलेका हुन् ?’ भन्ने प्रश्नमा उनले आफू कसैसँग नडराउने बताए । ‘पार्टीमा विधि र पद्धति बसाउनु पर्छ भनेर मैले खबरदारी गरिरहेको छु । माधव नेपाल कसैसँग डराउँदैन, विधि र पद्धतिको निम्ति दृढताका साथ उभिन्छ, बिग्रेको बानी सपार्न गाह्रो हुँदो रहेछ’–उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal