आज :

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै संसदमा अवरोध

काठमाडौं । प्रतिनिधिसभा आज (बुधबार) को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले अवरोध गरेको छ ।

कांग्रेसले मिडिया काउन्सिल विधेयकलाई लिएर संसदको बैठक अवरोध गरेको हो भने राजपाले आफ्ना माग पूरा नगरेको भन्दै विरोध गरेको छ ।
बैठक सुरु हुने बित्तिकै राजपाका सांसदहरू सिटबाट उभिएर विरोध गरेका हुन् । मधेस र थारु आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनीहरूले यसअघिका बैठकमा पनि विरोध गर्दै आएका थिए ।

कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले संसद सचिवालयमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै अवरोध गर्नुपरेको बताएकी छिन् ।

त्यस्तै मानवअधिकारसम्बन्धि विधेयकको पनि कांग्रेसले विरोध गरेको हो । कांग्रेसले मिडिया काउन्सिल विधेयक अगाडि बढाउन नदिने भन्दै संसद बैठक अवरोध गरेको छ ।

लोकतान्त्रिक मुलुकले प्रेसलाई अंकुश लगाउन नहुने भन्दै उक्त विधेयक फिर्ता लिनुपर्ने, सदनमा प्रवेश गर्न नदिनुपर्ने माग थियो । राजपाका सांसद प्रमोद साहले पनि उक्त विधेयकको विरोध गरे । सभामुख कृष्णबहादुर महराले सांसदले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal