आज :

बहिर्गमित जनमुक्ति सेनाको घोषणा-कर नतिर्ने एनसेल र संरक्षण गर्नेलाई भौतिक कारबाही गर्छौं

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले कर नतिर्ने एनसेल र कर छलिलाई संरक्षण गर्ने सरकारलाई कारबाही गर्ने घोषणा गरेको छ ।

आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा ‘नो ट्याक्स नो एनसेल’ अभियानका बिषयमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै बर्हिगमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करण’ ले सो अभियानमा ऐक्यबद्धता जनाँउदै उक्त चेतावनी दिएका हुन् ।

एक अर्को प्रसंगमा बोल्दै बर्हिगमनमा परेका पूर्वजनमुक्ति सेनाले आफूहरुका मागका बारेमा सरकार अझै गम्भीर नभएको भन्दै आन्दोलनको घोषणा गरेको र यो भन्दा पहिले एक महिने अन्टीमेटमसमेत दिएको बताए ।यो भन्दा पहिले नै एक कार्यक्रम गरेर माग सम्बोधनका लागि सरकारको ध्यानाकषर्ण गराएको भन्दै ‘नो ट्याक्स नो एनसेल’ अभियान पनि देशव्यापीरुपमा गर्ने घोषणा गरेको हो ।

 

जनमुक्ति सेना नेपालका उपाध्यक्ष खडक बहादुर रम्तेल (सम्राट) ले सरकारले लडाकुहरुमाथिको अयोग्यको बिल्ला फिर्ता लिनुपर्ने र सम्मानजनक व्यवहार गरिनुपर्ने माग गरे । योग्य भनिएका जनसेनालाई समेत अपमान गरेकोले आन्दोलन गर्नु परेको उनको भनाई छ । नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनले ४ हजार २ जना लडाकुलाई अयोग्ठ ठहर गरेको थियो ।

सरकारले राहत स्वरुप दिनुपर्ने ८४ करोड पनि नदिएकोले १० वर्षदेखि आफूहरु संघर्ष गर्न बाध्य भएकोले अबको कार्यक्रमलाई अवज्ञा गर्ने कुनै पनि संघ संस्था व्यक्ति वा निकायमाथि शसक्त कार्वाही गर्ने उनले बताए । शान्तिपुर्ण संघर्षका कार्यक्रमहरुमाथि राज्यको तर्फबाट अवरोध वा दमन भएको खण्डमा कडा भन्दा कडा प्रतिकार गरिनेसमेत जानकारी संगठनले गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal