आज :

विप्लव-वैद्यसहित छ पार्टीबीच एकता तयारी

काठमाडौं । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) सहित छ ओटा पार्टीहरुबीचमा सरकारका जनविरोधी कार्यविरुद्धमा कार्यगत एकता अगाडी बढेको जनाइएको छ ।

शुक्रबार माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छलफलमा सहभागी नेकपा (माओवादी माओवादी) केन्द्रका महासचिब कर्णजित बुढाथाकीले अनलाइन डबलीलाई सो जानकारी दिएका हुन ।

चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, सिपि मैनाली नेतृत्वको नेकपा (माले) लगायतका छ पर्टीहरुबीच कार्यगत एकता तयारी सकारात्मकरुपमा अगाडी बढेको जनाइएको छ ।
महासचिव बुढाथाकीका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गैर कानूनीरुपमा लागाइएको प्रतिबन्ध तथा नेता–कार्यकर्ताहरुलाई धरपकड र झूटा मुद्धामा पसाउने कार्यको विरोध, पछिल्लो पटक नागकिता प्रकण, वाइडबडी, बालुवाटारको सरकारी जग्गा अतिक्रमण विरुद्ध आन्दोलनको तयारी गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal