आज :

हेटौंडामा २१२ केजी गाँजासहित ३ जना पक्राउ

काठमाडौं । लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जना र बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय हेटौंडाले पत्रकार सम्मेलन गरेर आज (बिहीबार) सार्वजनिक गरेको छ ।

प्रहरीले पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका-३ तीनताप्केबाट २ सय १२ केजी गाँजासहित महोत्तरी बर्दिवास-११ का ३६ वर्षिय राजजस यादव र १९ वर्षिय उज्वल गुर्मछान मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३७६९ नम्बरको पिकअपलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा गाँजा फेला परेको प्रहरीको भनाई छ ।

पिकअपको ढालामा राखिएको त्रिपालमा ३० वटा प्लाष्ट्रिकको पोकामा प्याक गरेको गाँजा लुकाइएको अवस्थामा फेला परेको हो । प्रहरीले पिकअप, गाजाँसहित २ जनालाई पक्राउ गरेको छ ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित इलाका प्रहरी कार्यालयले लागूऔषधसहित चितवन राप्ति नगरपालिका–४ का ३७ वर्षिय लक्ष्यबहादुर राईलाई पक्राउ गरेको छ ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ९१६५ नम्बरको बस रोकेर प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट नाइट्रोभेट १२७ ट्याबलेट, १० एम्पुल डाईजेपाम, १० एम्पुल ब्युनोर्फिन र १० एम्पुल फेनार्गन बरामद गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal