आज :

प्रधानमन्त्रीद्धारा प्रदेश मुख्यमन्त्रीहरुसँग आगामी वर्षको नीति तथा बजेट तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (बिहीबार) बिहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारी विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहर्याउन सचेतसमेत गराए ।

उनले भने,‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नु पर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ।’

बैठकमा उनले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने बताए । प्रधानमन्त्री ओलीले हुरी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुन : स्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal