आज :

विप्लव राष्ट्रघाती-देशविरोधी होइनन्, सेना-प्रहरी परिचालनले देश द्वन्द्वमा जान्छः पूर्वप्रधानसेनापति क्षत्री

काठमाडौँ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विप्लव राष्ट्रघाति र देशविरोधी नभएको बताएका छन् । नेकपा राजनीतिक शक्ति भएको बताउँदै क्षत्रिले राजनीतिक ब्यवहार गरिनुपर्ने बताए ।

नागरिक दैनिकसँगको विशेष कुराकानीको क्रममा क्षत्रीले नेकपासँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन् ।

“विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ नागरिकसँगको विशेष कुराकानीमा पूर्वप्रधानसेनापति क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ता्बिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ” क्षत्रिले कुराकानीको क्रममा भनेका छन् ।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता÷कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्न सरकारलाई सुझाव समेत दिए ।

आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे । नेकपा राजनीतिक शक्ति भएको भन्दै क्षत्रीले समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प भएको बताए ।

सरकारले प्रतिबन्ध लगाएर गिरफ्तारी गर्ने र नेकपाका महासचिव विप्लवले चैत्र महिनाभित्र फिर्ता नलिए सरकारमाथिनै प्रतिबन्ध लगाउने चेतावनीले क्षत्रीले मुठभेडको खोजिम रहेको औल्याए ।

संविधान र कानुन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सधै सरकारलाई अधिकार भएको तर दलमाथि नै प्रतिबन्ध लगाएर निषेध गर्न खोज्दा असन्तुष्ट पक्ष झन् बलियो हुने क्षत्रीको तर्क छ ।

जनयुद्धको नेतृत्वकर्ता प्रचण्डले राजनीतिक आत्मसपमर्पण गरेको बताउँदै क्षत्रीले विप्लव समस्या प्रचण्डले चलाएको आन्दोलनको अवशेष भएको टिप्पणी गरे ।

माओवादी सकिने देखेपछि प्रचण्ड आफ्ना लक्ष्य, उद्देश्य, रणनीति सबै त्यागेर मूलधारमा आएको बताउँदै क्षत्रीले आफू मूलधारमा आउने र सँगै लडेको शक्तिलाई बल प्रयोगबाट नियन्त्रणमा लिन खोज्नु गलत भएको बताए ।

“हिजो पनि माओवादीले द्वन्द्वकै माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्न खोजेको थियो, राज्यका सामू त्यो सम्भव भएन,’ क्षत्रीले भने, ‘अहिलेको विप्लव समस्या पनि त्यसकै निरन्तरता हो, यसलाई बेलैमा राजनीतिक व्यवस्थापन गर्न सकिएन भने १० वर्षे हिंसाकै जस्तो अवस्था आउन सक्छ” क्षत्रीको भनाई छ । उनले राजनीतिक शक्ति असफल भए मात्रै विप्लव समसया समाधानमा सैन्यशक्ति प्रयोग गर्नुपर्ने बताए ।

क्षत्रीले दुईचार चन्दा आतंक र विस्फोट हुँदैमा विप्लवमाथि सुरक्षात्मक विकल्पबाट मात्रै नियन्त्रण गर्नु प्रत्युत्पादक हुने बताउँदै क्षत्रीले भने, “असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन पहिलो र उपयुक्त विकल्प राजनीतिक समाधान नै हो, २÷४ वटा चन्दा आतंक, विस्फोट तथा आगजनी हुँदैमा विप्लवमाथि सुरक्षात्मक विकल्पबाट मात्रै नियन्त्रण गर्नु प्रत्युत्पादक हुन सक्छ ।” उनले राजनीतिमा संलन विप्लव तथा नेकपासँग सरकारले ‘पोलिटिकल्ली डिल’ गर्नुपर्ने बताए । आफू सेनापति छँदा सरकार र राष्ट्रपति समक्ष अरु विकल्प नखोजी ‘सेक्युरिटी अप्सन’बाट समस्या समाधान गर्नुहुँदैन भनेर सुझाव दिएको र अहिले पनि सेनाको त्यही नै धारण रहेको आफूले पाएको उनले स्पष्ट पारे ।

बल प्रयोग र नियन्त्रणका अभियानले १० वर्षे द्वन्द्वकालमा झनै माओवादीका सशस्त्र गतिविधि झाँगिएको भन्दै क्षत्रीले सुरक्षा निकायले चलाएको रोमियो, किलो, अल्फालगायतका अपरेसनसमेत बल प्रयोगको नीतिकै कारण फेल खाएको क्षत्रीले उनले स्वीकार गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal