आज :

लेखक संग्रौला भन्छन्- विप्लव लुटेराविरुद्धमा छन्, प्रतिबन्ध लगाउनु हुँदैन

काठमाडौं । विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध भइरहेको छ । सरकारले विप्लवलाई अपराधिक समूह भन्दै सहयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिइरहेको छ । तरपनि प्रतिबन्धको खुलेर विरोध भइरहेको छ ।

राजनीतिक पार्टीले मात्रै होइन पत्रकार, साहित्याकार, समाजसेवी, वकिल, मानव अधिकारवादीले प्रतिबन्धको विरोध गरिरहेका छन् । प्रतिबन्धले देशमा फेरि द्वन्द्व निम्तिने भन्दै आम नागरिकले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सरकारलाई वार्ता र संवादबाट समाधान खोज्न सुझाव पनि दिइरहेका छन् ।

यसैबीच लेखक तथा समाजसेवी ज्वाला संग्रौलाले पनि प्रतिबन्धको विरोध गरेकी छन् । उनले विप्लव लुटेराविरुद्ध लागेको भन्दै त्यो गर्नु आवश्यक भएको समेत बताउँदै देशले युद्ध नचाहेकोले संवादबाटै समस्याको निकास खोजिनुपर्ने बताएकी छन् ।

लेखक संग्रौलाले सामाजिक संजालमा राणा र राजाविरुद्ध लडेकाहरु नै अहिले श्री १० भएको भन्दै उनले त्यसविरुद्ध विप्लव लडेको बताएकी छन् । उनले देशमा भएका अपराधिलाई ठेगान लगाउन समेत विप्लवलाई आग्रह गरेकी छन् ।

“हिजो केहि राजनैतिक हलीहरु श्री ५ को बिरुद्दमा थिए । आज तिनै हलीहरु राज्यको चाबी हातमा बोकेर मालिक भए, राणा भए, श्री १० भए । आज बिप्लब यिनै श्री १० को बिरुद्धमा छ, लुटेराको बिरुद्दमा, दलाल र फÞासिस्ट तानाशाही सत्ताको बिरुद्धमा छ” संग्रौलाले फेसबुकमा भनेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले जनतालाई मुर्ख बनाएर कर्पोरेट ब्राण्ड बनेको संग्रौलाले आरोप समेत लगाएकी छन् ।

“सारा देश र जनतालाई मुर्ख बनाएर राजनैतिक बजारका कार्पोरेट ब्राण्ड बनेका केपी र पिकेलाई काबुमा नल्याएसम्म देश उँभो लाग्दैन । कर्पोरेट बजारमा जसरी टल्कने ब्राण्डले ग्राहकलाई थाहै नपाई ठग्छ, त्यसरी नै ठगीरहेका छन्” संग्रौलाले लेखेकी छन् ।
देश लुट्नेको टाउकोमा कुकर बम पड्काएपनि फरक नपर्ने बताउँदै संग्रौलाले राष्ट्रघातिलाई कुनै हालतमा नछोड्न र सर्वसाघारण जनताको जीवनमा असर पुग्ने काम नगर्न आग्रह गरेकी छन् ।

“आज देशमा, समाजमा र संजालमा अपराधि मानसिकताका टाउकेहरुको जन्म भएकोले माथिल्लो लेभलदेखि लिएर इन्टरनेटका फोहोरी किराहरुलाई पनि अब छानीछानी ठोक बिप्लव ! राष्ट्रघातीलाई कुनै हालतमा पनि नछोड । तर सर्वसाधारण जनताको जीवनमा असर पुग्ने काम चाहिँ नगर्नु । लुटेरा र राजद्रोही लेण्डुपे नेताको त टाउकोमै कुकर बम पड्काए नि फरक पर्दैन” संग्रौलाले फेसबुकमा लेखेकी छन् ।

यस्तो स्टाटसः

हिजो केहि राजनैतिक हलीहरु श्री ५ को बिरुद्धमा थिए । आज तिनै हलीहरु राज्यको चाबी हातमा बोकेर मालिक भए, राणा भए, श्री १० भए । आज बिप्लब यिनै श्री १० को बिरुद्धमा छ, लुटेराको बिरुद्धमा, दलाल र फÞासिस्ट तानाशाही सत्ताको बिरुद्धमा छ । सारा देश र जनतालाई मुर्ख बनाएर राजनैतिक बजारका कार्पोरेट ब्राण्ड बनेका केपी र पिकेलाई काबुमा नल्याएसम्म देश उँभो लाग्दैन । कर्पोरेट बजारमा जसरी टल्कने ब्राण्डले ग्राहकलाई थाहै नपाई ठग्छ, त्यसरीनै ठगीरहेका छन् आज सत्ताको सिनो खाने ब्राण्डेड हनुमानहरुले..!

आज देशमा, समाजमा र संजालमा यस्तै अपराधी मानसिकताका टाउकेहरुको जन्म भएकोले माथिल्लो लेभलदेखि लिएर इन्टरनेटका फोहोरी किराहरुलाई पनि अब छानीछानी ठोक बिप्लव ! राष्ट्रघातीलाई कुनै हालतमा पनि नछोड । तर साधारण जनताको जीवनमा असर पुग्ने काम चाहिँ नगर्नु, लुटेरा र राजद्रोही लेण्डुपे नेताको त टाउकोमै कुकर बम पड्काए नि फरक पर्दैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal