आज :

बन्द खुले लगत्तै विप्लवको विज्ञप्तिः प्रतिबन्ध पानीको फोकाझैं फुटेर जानेछ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीविरुद्ध लगाएको प्रतिबन्ध पानीको फोकाझैं फुटेर जाने बताएका छन् । पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेलगत्तै विज्ञप्ति जारी गरेर आमहडतालसहितको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताए ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विप्लवले भने, ‘दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।’

महासचिव विप्लवले सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन्  ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ”हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ । हाम्रो यो आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ । साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गर्दछौँ । उक्त आन्दोलनमा हाम्रो पार्टी काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्न तयार छ ।”

विप्लवको विज्ञप्तिको पूर्ण पाठः 

हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ । यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् । हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ । यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।

यही क्रममा हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ । हाम्रो यो आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ ।

साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गर्दछौँ । उक्त आन्दोलनमा हाम्रो पार्टी काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्न तयार छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal