आज :

हत्या गरी सडकमा फालेको अवस्थामा शव फेला

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एकजनाको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं.१ घर भएका ३५ वर्षिय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

मृतकको टाउको र अनुहारमा चोट लागेको छ । ढुङगाले हानेर हत्या गरिएकोे हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

हत्या किन र के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal